थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता देवकोटाले सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चार जना, कोशी अस्पतालमा झापाका ३३ वर्षका पुरूष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाँकेका ६ जना, नैनापुरका १५ जना, नैनापुर १ मा ६ जना, बर्दियामा एक १९ वर्षीय पुरूष र सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

उनीहरु संक्रमणको आशंकामा सेती अस्पतालको आइसोलेसमा थिए। उनीहरुको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर विजधिबाट परीक्षण गर्दा पनि पोजेटिभ नै आएको प्रवक्ता देवकोटाले बताए। संक्रमित २० वर्षीय २ जना २२ वर्षीय १ र २७ वर्षीय १ गरी चार पुरुष रहेका छन्।

त्यस्तै कोशी अञ्चलको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको झापा गाउँपालिकाका डिल्लीराज मावि क्वारेन्टिमा रहेका ३३ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ। यो सँगै संक्रमितको ५८४ संख्या पुगेको छ । संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।