सरकारलाई कांग्रेस केन्द्रीय सदस्यकाे चुनाैती, सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीकाे विमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा कार्यरत सबै स्वास्थ्यकर्मीको कोरोना विमा गरिदिने घोषणा गरेका छन ।

उनले जिल्लामा स्वास्थयकर्मीहरुले विरामी जाँच गर्न असहज मानिरहेको अवस्था भएकाले फ्रण्ट लाइनमा कार्यरतहरुको लागि आफ्नो तर्फबाट भन्दै जिल्लाभरका सम्पूर्ण अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, स्वास्थ्य चौकी र उपस्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीको कोरोना म्यादी विमा गरिदिने घोषणा गरेका हुन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको अबस्थामा फ्रण्टलाइनमा खट्नेहरुलाई स्वास्थयकर्मीहरुलाई उत्साहप्रद ढंगले खटाउन नसकेको उनले बताएका छन ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै आफूले कोरोनाबाट पहिलो मृतक महिलाका सन्तानलाई १२ कक्षासम्म निशुल्क पढाइदिने घोषणा गर्दै पोखराकी माया गुरुंगमार्फत प्राप्त ५० हजारमा थप ५० हजार गरी एक लाख रुपैयाँ परिवारलाई सहयोग गरेका छन ।

पूर्वमन्त्री बस्नेतको यो घोषणाले सरकारलाई चुनौती दिएको एक स्थानीय नेकपा नेताले बताएका छन । नेकपाका ती स्थानीय नेताले भने यसलाई कोरोना राजनीतिको रुपमा टिप्पणी गर्दै सरकारले सहयोगहरुलाई एकद्धारबाट परिचालन गर्ने र फ्रण्टलाइनमा खट्नेहरुलाई विमा गरिदिनुपर्ने पनि बताएका छन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।