क्वारेन्टिन अभाव हुन नदिन होटल प्रयोग गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा अबका दिनमा निकै धेरै सङ्ख्यामा नेपालीहरु भित्रिँदैछन् ।तर विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन भने छैनन् । यस समस्यकाे व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ ।

शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताएका छन्।

अहिले देशभर गरी करीब ६५ हजार क्वारेन्टिन स्थापना गरिएकेा छ । त्यसरी नै २५ हजार सर्वसाधारण क्वारेन्टिनमा छन् । यस्ताे अवस्थामा क्वारेन्टाइन अभाव हुन नदिन स्तरीय होटललाई नै क्वारेन्टिनका रूपमा प्रयाेगमा ल्याइने  शहरीविकास राज्यमन्त्री रामवीर मानन्धरले बताएका छन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।