ललितपुर । ललितपुरको बाग्मती गाउपालिका २२० हालसम्म जनाको कोरोना भाइरस (कोभिड– १९) आरडिटी परीक्षण गरिएको छ ।
बुधबार गरिएको काेराेना परिक्षणमा सबैकाे नतिजा ‘नेगेटिभ आएकाे छ ।
बागमती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले दिएकाे जानकारी अनुसार १४२ जनाकाे र्यापिट टेष्ट प्रविधिमार्फत काेराेना परिक्षण गरिएको हाे । त्यस्तै ७८ जनाकाे पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको छ । पीसीआर प्रविधिबाट परिक्षण गरिएकाहरुकाे भने भने रिपोर्ट आउन बाँकी नै रहेकाे प्रबक्ता तिमल्सिनाले जानकारी दिए ।
काेराेना परिक्षणका लागि गाउँपालिकाकाे वडा नं.३ भट्टेडाँडा र वडा नं. ६ आश्राङमा स्वाव संकलन गरिएको थियो ।
बागमती गाउँपालिकाका र ७ वटै वडाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, प्रहरी लगायतकाे पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको गाउँपालिकाका प्रेस संयाेजक दिपक घिमिरे ‘समीर’ ले जानकारी गराए ।
Comment