कोरोना नियन्त्रणका लागि हवाई मार्गबाट सेनाले ल्यायो १८ टन स्वास्थ्य सामग्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सेनाले दोस्रो लटमा चीनको ग्वाङ्जाओबाटबाट करिब १९ टन स्वास्थ्य सामग्री ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडीमार्फत सेनाले मंगलबार बिहान पीपीई, एन–९५ मास्क, पञ्ज लगायत गरी १८.८४ टन अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौं ल्याइपुर्याएको हो।

सेनाले यसअघि पहिलो लटमा तातोपानी नाका हुँदै स्थलमार्गबाट शनिबार १० ओटा कन्टेनरमा करिब ९ टन स्वास्थ्य सामग्री ल्याएको थियो । सेनाले सरकार–सरकारबीच भएको खरिद सम्झौताअनुसार चीनबाट कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि ३४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याउने छ ।

नेपालले चीनसँग कोभिड(१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक उपकरण, पीपीईलगायत ७३ प्रकारका सामग्री खरिद गर्ने सम्झौता गरेको थियो । जसका लागि सेनाले चीनलाई १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर भुक्तानी समेत गरिसकेको छ ।

सरकारले यसअघि ओम्नी ग्रुपसँग गरेको खरिद सम्झौता विवादित बनेपछि आवश्यक चिकित्सकिय सामान खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।