कोरोना भाइरसका लक्षणहरू परिवर्तन हुँदै, यस्तो देखिए तत्काल अलग्गै बस्नुहोस् !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ।

सोमबार नेशनल हेल्थ सर्भिस (एनएचएस)ले आधिकारिकरूपमा सो कुरा बताएको हो।

यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन। गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो।

बेलायतको स्वास्थ विभागका एक अधिकृत प्राध्यापक जोनाथन भ्यान ट्यामले अनुसन्धानबाट यस्तो कुरा पत्ता लागेको बताए।

कसैमा यी दुई मात्र लक्षण देखिए एक साता घरमा अलग्गै बस्न आग्रह गरिएको छ भने यीबाहेक अन्य पूर्ववत् लक्षणसमेत देखिए १४ दिन अलग्गै बस्न भनिएको छ।

प्राध्यापक ट्यामले कोरोनाको संक्रमणबाट हालै भर्ना भएका नयाँ संक्रमितमा यी लक्षण करिब ९३ प्रतिशतलाई देखिएको बताए।

किङ्स कलेज लण्डनका अनुसन्धानकर्मी प्राध्यापक टिम स्पेक्टरको समूहले गत साता प्रकाशित गरेको अनुसन्धानले यस्तो निष्कर्ष देखाएको हो। रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।