काठमाडौँ । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा रुद्रप्रसाद ढुँगेलको सोमबार निधन भएको छ । उहाँको काठमाडौँ कुलेश्वर स्थित आफ्नै निवासमा ८२ वर्षको उमेरमा निधन भएको हो ।
रामेछाप खाँडादेवी गाउँपालिका–५ निवासी काँग्रेस नेता ढुँगेलले पञ्चायत विरुद्धको आन्दोलनको क्रममा ८ वर्ष निर्वासित जीवन बिताउनु भएको थियो ।
नेपाली काँग्रेसको नेतृत्वमा तत्कालीन मेलुङ तथा चरिकोट अड्डामा भएको आक्रमणमा समेत उहाँ सहभागि हुनुभएको थियो । ढुंगेलले रामेछापको बडाहाकिम अड्डामा समेत बम हान्नुभएको थियो ।
उहाँ पद्मशंकर अधिकारीले नेतृत्व गरेको काँग्रेसको लडाकु दलमा सहभागि हुनुहुन्थ्यो ।
पञ्चालयत विरुद्धको आन्दोलनमा पटक–पटक जेल जीवन बिताउनुभएका ढुंगेल छाती तथा मृगौला रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँका पत्नी र एक छोरा हुनुहुन्छ ।
Comment