५.४४ किलोको फोल्ड गरेर ब्यागमै बोक्न मिल्ने इलेक्ट्रिक बाइक, के छन विशेषता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जापानका अनुसन्धानकर्ताले थोरै तौल भएको मौलिक इलेक्ट्रिक बाइक बनाएका छन्। छोटो र मध्यम दूरीको यात्रालाई ध्यानमा राखेर पोइमो नामको यो इलेक्ट्रिक बाइक बनाइएको हो।

यो बाइकको तौल करिब १२ पाउण्ड अर्थात करिब ५.४४ किलोग्राम छ। निर्माता टोलीले भविष्यमा यसको तौल अझै कम गर्न सकिने जनाएको छ।

जसलाई आवश्यक नपर्दा फोल्ड गरेर सजिलै राख्न वा ब्यागमा हालेर बोक्न सकिन्छ।

डेली मेलका अनुसार यो विशेष प्रकारको इलेक्ट्रिक बाइक टोक्यो युनिभर्सिटीको टिमले मिलेर तयार पारेका हुन्। पोइमो नामक यो भाइब पोर्टेबल र इन्फ्लाएबल मोबिलिटी प्रकारको छ ।

यो टिमको मुख्य उद्देश्य यो बाइक मानिसहरुले सार्वजनिक यातायातमा साथमा लिएर जान र अन्तिम यात्रामा कनेक्टिभिटीका लागि प्रयोग गर्न सकुन भनेर बनाएका हुन्।

पोइमो बाइक थर्मोप्लास्टिक पोलियुरेथेन (टीपीइू) फ्याब्रिकबाट बनेको एउटा एन्फ्लाटेबल रेक्ट्यांगुलर फ्याब्रिक फ्रेमबाट बनेको छ।

यो बाइक एउटा सानो इलेक्ट्रिक पम्पका साथ आउँछ। जुन लगभग एक मिनेटमा फ्रेमलाई पूर्ण रुपमा हावा भर्छ वा फुलाउँछ।

बाइकमा सानो इलेक्ट्रिक मोटर र इन्फ्लाटेबल फ्रेमको तल जोडिएको रबरको साना पांग्रा जडित छन्। यसमा वायरलेस कन्ट्रोलर पनि रहेको छ।

जुन ह्यान्डबारमा जोडिएको छ। पोइमो बाइक निर्माता टोली २०२० एचआरआई कन्फरेन्सको भर्चुअल प्रिजेन्टेसनमा यो बाइक प्रस्तुत गरेको थियो।

टीमले सबै प्रक्रिया पूरा गरेर चाँडै यसको व्यवसायिक उत्पादन थाल्न सकिने जनाएको छ। एजेन्सी

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।