विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख नाघेको छ।

बितेको २४ घण्टामा ५ हजार २५९ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या तीन लाख तीन हजार ६२ जना पुगेको हो । संक्रमितको संख्या ४५ लाख २० हजार ६ सय ४९ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

गएको २४ घण्टामा ९४ हजार ९ सय ९४ जना नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्मको तथ्यांकअनुसार १७ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्।

२५ लाख १६ हजार भन्दा धेरै संक्रमित उपचारको क्रममा छन्। जसमध्ये ४५ हजार ५ सय ६६ जना बिरामीको अवस्था गम्भीर छ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५९ हजार ६८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १८ हजार ६७२ पुगेको छ । एसियाली मुलुकहरुमा २५ हजार ५७३ जनाको मृत्यु भएको छ । ७ लाख ३८ हजार ९२० जना संक्रमित छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।