त्रिवि शिक्षण अस्पतालको बिरामीलाई कोरोना पुष्टि, न्युरो सर्जरी वार्ड सिल 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्ड बिहीबार विहानदेखि सिल गरिएको छ । कोरोना संक्रमित ६ बषिर्या बालिका  उक्त वार्डमा भएको पुष्टि भएपछि उक्त वार्ड सिल गएिको अस्पतालले जनाएको  छ । 

बिहीबार बिहान  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान सार्वजनिक गरेको दुई कोरोना संक्रमितमध्ये कपिलबस्तुकी ६ वर्षिय बालिका  महाराजगञ‍जस्थित त्रिभुवन विश्‍विद्यालय शिक्षण अस्पतालको बिरामी रहेको खुलेको छ । उनी न्युरो सर्जरी वार्डमा सात दिनअघि ओपीडी हुदै अपरेसनका लागि भर्ना भएर उपचाररत अस्पतालले रहेको जनाएको छ ।

अस्पतालले औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन । अस्पतालका अनुसार उक्त बालिका ओपीडी हुँदै न्यूरोसम्म पुगेको भए अस्पतालमा थप सतर्कता अपनाउन र अनुसन्धान गर्नका लागि अस्पतालको प्रशासनले तयारी गर्दै गरेको जनाएको छ । अस्पतालले सवाधानी नअपनाएको भन्दै त्यहा कार्यरत डक्टर नर्सभने आक्रोशित बनेको अस्पलात स्रोतले बताएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।