काठमाडौं । नेपाल स्टक एक्सेन्ज लिमिटेड (नेप्से) ले सेयर कारोबार लकडाउन अवधिभर बन्द गर्ने निर्णय गरेको छ ।
नेप्सेको विहिबार बिहान बसेको सञ्चालक समितीको बैठकले लकडाउनको अवधिभर सेयर कारोवार बन्द गर्ने निर्णय गरेको हो ।
डेढ महिनापछि दुईदिन खुलेको सेयर बजार दुवैदिन नेगेटिभ सर्किट लाग्दै कारोबार बन्द भएको थियो । लकडाउन सुरु भएदेखि बन्द सेयर बजार खुलेको पहिलो दिन १ घण्टा २३ मिनेटमै बन्द भएको थियो ।
त्यसदिन बजारमा ८७ कम्पनीका १ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदैै १० करोड ४३ लाख रुपैयाँको कारोबार भएको थियो । दोस्रोदिन बुधबार ४० मिनेटमै कारोबार बन्द भएको थियो ।
उक्त दिन ७४ कम्पनीको १० हजार ५२६ कित्ता सेयर किनबेच हुँदा ३६ लाख १३ हजार ५२३ रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ मा प्राकृति प्रकोप, राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजार (नेप्से) ले धितोपत्र बोर्डलाई जानकारी दिई कारोबार प्रणाालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था छ ।
देशमा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकार मन्त्रीपरिषदले साविकमा भएको लक डाउनलाई यही जेठ ५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

 
		    		 About Us
                        About Us
Comment