थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ ।

बुधबार कपिलवस्तु र बाँके (काभ्रे बस्दै आएका) का एक–एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा कपिलवस्तु नगरपालिका–५ का २२ वर्षे युवामा कोरोनाको संक्रमण पुगेको हो ।

यसअघि बुधबार नै बाँकेका ३६ वर्षका पुरुषमा बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।

काभ्रेको धुलिखेल अस्पतालमा भएको परीक्षणमा ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।