काठमाडौ। मंगबार राति पुनः २६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा भएको परीक्षणमा २६ जनाको नतिजा पोजेटिभ आएको हो। योसँगै संक्रमितको संख्या २१७ पुगेको छ।
मन्त्रालयका अनुसार पर्साका मात्र १८ जना छन्। जसमा ६ जना महिला र १२ जना पुरुष छन्।
यस्तै, महोत्तरीका दुई पुरुष, धुनुषमा एक पुरुष र एक महिला संक्रमित भएका छन्। यसतै, भक्तपुर निवासी दुई जनामा पनि संक्रमण देखिएको छ। जसमा एक महिला र एक पुरुष छन्।
मन्त्रालयका अनुसार काठमाडौँका एक जना महिलामा पनि संक्रमण पुष्टि भएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ।
Comment