काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट कोरोनाको कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणमा आधारित हुने बताएका छन् ।
आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले उक्त कुराको जानाकारी गराएका हुन् ।
उनले कोरोनाको कारण निजी क्षेत्रका उद्योग, व्यवसायमा परेको असरलाई कर सहुलियत प्रदान गर्ने गरी मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने बताए ।
सरकारले कोरोनाका कारण रोजगारी गुमाएकालाई पुर्नस्थापना गर्न, वैदेशिक रोजगारीबाट फर्कनेलाई रोजगारी दिलाउन कृषि, स्वास्थ्य पूर्वाधारमा लगानी बढाउन , साना घरेलु तथा मझौला उद्योगमा संलग्नता बढाउने गरी कार्यक्रमहरु तर्जुमा गर्ने उनको भनाई थियो ।
Comment