वन कार्यालय नुवाकोटका प्रमुख घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जय मंगलप्रसाद एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन ।

शनिवार अख्तियारको टोलीले उनलाई वन कार्यालयबाटै एक लाख रुपैयाँसहित पक्राउ गरेको हो । अख्तियारको टोलीले थप अनुसन्धान गर्न उनलाई काठमाण्डौ लगेको छ ।

सूर्यगढी गाउँपालिका वडा नम्बर ५ नयाँपुलमा रहेको ढुंगाखानी सञ्चालनको लागि सेवाग्राहीसँग कार्यालय प्रमुख प्रसादले घुस लिएको कार्यालय स्रोतले जनाएको छ । नयाँ पुलमा रहेको ढुंगाखानीबाट सिमेन्ट बनाउनको लागि कच्चा पदार्थ हेटौँडामा रहेको शिवम् सिमेन्ट उद्योगमा लैजाने गरिएको थियो । हाल डिभीजन वन कार्यालयले खानी सञ्चालन गर्न रोक लगाएको थियो ।

यसअघि वन कार्यालयबाट यहि वैशाख २४ गते राती परिषरमा रहेको खोरबाट घोरल हराएपछि उनी आलोचित भएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।