आजदेखि बैंक तथा वित्तीय संस्थाका सबै सेवा सुचारु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंक तथा वित्तीय निकायहरुले शुक्रबारदेखि आफ्ना सबै खाले सेवा दिन सुरु गरेका छन ।

सरकारले उद्योग, बैंकिङ तथा वित्तीय निकाय लगायत बिभिन्न क्षेत्रलाई सेवा सुचारु गर्न दिने गरेपछि बैंकहरुले आफ्नो सम्पूर्ण सेवा प्रवाह दिन थालेका हुन् ।

बैंकर्स संघका अनुसार सरकारको निर्देशन अनुसार एक तिहाई कर्मचारी खटाएर सेवा सुचारु गरिएको हो ।

सरकारले बुधबार बैंक तथा वित्तीय संस्था, बीमा धितोपत्र, सहकारी मार्फत सेवाप्रवाह गर्नका लागि आवश्यक कर्मचारीहरु मध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

राष्ट्र बैंकले भने सेवा सुचारु गर्दा विशेष सावधानी अपनाउन बैंकहरुलाई निर्देशन दिएको छ । सामाजिक दुरी कायम राखेर सेवा प्रदान गर्ने र सुरक्षाका प्रावधानहरु अपनाउन कर्मचारी तथा ग्राहक लगायत सबै पक्षलाई कडाइ गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।