दाजु फर्की आउ नेपाल !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृता शर्मा 

चितवन

त लाई  तपाई  भन्न कहिले  आएन 

आजकल त नभएसम्म रमाइलो  नै लाग्दैन

रिसाएर त नभए  म एक्लै  रमाएर बस्थे कति पटक भनेहोला

त छैनस  आजकल  अनि रमाउनै मन लाग्दैन ।।।।

घर  अगाडि को अम्बामा  कहिले  कलर लगाउने कि अलिकति  टोकेर राख्थे  

आज कल भुईभरी खसेर मगमग बसाइँ रहन्छन 

तर यो सुगन्ध  को मलाई  पटक्कै हेक्का छैन 

आपको बोट चढ्दा तेरो  काधमा  टेकदै जान्थे 

आजकल बा ले भर्र्याङ्  नै राख्दा नि चढ्नै मन लाग्दैन 

पहिलो  ७, ८ दाना  खादा पेट  भरिनथ्यो 

आज काल एक दाना  खाएसि मन भरिन्छ 

आइज  अब यी दिन दोह्याउनु पर्छ 

फेरि पनि म तेरै काधमा  चढने र झर्ने  गरुला

एस्को   साटाे  मैलो पारेका तेरा सब  लुगा  धोइदिम्ला ।।।।

पहिले, 

म बिहान  बिहानै  उठेर पढ्थे  त सुति सुति अल्छि  मान्दै  सुन्थिस 

मैले पढेकाे तैले जानिस भनेर म अर्को  कोठामा गएर पढ्न  थाले

अब,  त म बुझ्ने भईसके , फेरि  आईजा न नेपाल 

म बिहानै  ठुलो  आवाज  गर्दै  पढुला ,त  निद्रा  मै सुन्दै जालास , हामी  सङै  मिलेर  सिकौला।।।।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।