कति छ गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति ? यस्तो छ सम्पत्ति विवरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा पेश गर्नुपर्ने कानूनी प्रावधान बमोजिम गभर्नर अधिकारीले सम्पत्ति विवरण पेश गरेका हुन्।

सार्वजनिक गरेको विवरण अनुसार गभर्नर अधिकारी र उनको परिवारको नाममा १ करोड रुपैयाँको शेयर छ भने ललितपुरको सैँबुमा १ करोड रुपैयाँभन्दा धेरै लगानीको घर र जग्गा रहेको छ ।

अधिकारी परिवारको नाममा ललितपुरको सैंबुमा २२ सय वर्गफिटको घर तथा २७ आना जग्गा छ । यो घरजग्गा वचत, सापटी र विराटनगरमा घरजग्गा विक्रीको रकमबाट जोडेको अधिकारीले उल्लेख गरेका छन् । त्यस्तै, झापाको सुरुगांमा बकस र अंशबापत ३ बिघाभन्दा बढी जग्गा छ।

त्यस्तै, ललितपुरको छम्पी गाविसमा पनि करीब १० रोपनी जग्गा छ । यो जग्गा नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त हुँदा पाएको रकमले किनेको अधिकारीले उल्लेख गरेका छन् । मकवानपुरको हेटौंडामा पनि अधिकारीको २ कठ्ठा जग्गा छ । अधिकारीसँग टोयोटा कार तथा दुईवटा मोटरसाइकल पनि छ।

सम्पत्ति विवरणअनुसार, अधिकारीसँग नबिल, हिमालयन, सिद्धार्थ, बैक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा, नेपाल इन्भेष्टमेन्ट आदि बैक तथा वित्तीय संस्थामा २७ हजार १८४ कित्ता शेयर छ ।

यी शेयर खरीद गर्न ४८ लाख ३७ हजार ३९० लगानी गरेको विवरणमा उल्लेख गरिएको छ ।

सम्पत्ति विवरणमा करीब २७ तोला सुन, ५० तोला चाँदी तथा करीब रु. १४ लाख नगद भएको उल्लेख छ । त्यस्तै, उनको खातामा २ हजार ३ सय डलर पनि छ। सुनचाँदी पैत्रिक सम्पत्ति, विवाहमा दाइजो र खरीदबाट जोडेको अधिकारीको दाबी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।