नेपालगन्जमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको अनुसार नेपालगन्जमा थप सात जनामा कोरोनाभाइरस संक्रमित भेटिएका हुन् । उनिहरु  नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीय महिला रहेका छन् । उनिहरुको स्वस्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।