दिवेश पोख्रेल (आर्थर गन) अमेरिकन आइडलको टप १० मा पर्न सफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली युवा दिवेश पोख्रेल (आर्थर गन) अमेरिकन आइडलको टप १० मा पर्न सफल भएका छन्। जारी रहेको अमेरिकन आइडलको सो मा उनी टप टेनमा पर्न सफल भएको घोषणा जजहरुले गरेका थिए।

उनले टप टेपमा छनोट भइसकेपछि टेक मी होम बोलको गीत गाएका थिए। आफ्नो प्रस्तुती सकिए लगत्तै खुसी भएका पोख्रेलले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत संसारभरबाट आफूलाई मतदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरेका छन्।

आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षका पोखरेल करिव ६ वर्षअघि अमेरिका गएका थिए । उनी आफ्ना बुबा–आमासहितको परिवारमा क्यान्सस राज्यको विचिटामा बस्छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।