कोरोनाभाइरसको संत्रासकाबिच राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते संसदको अधिवेशन आह्वान गरेकी छिन।

सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनुपर्ने बाध्यता रहेको छ भने सोअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ । 

मन्त्रिपरिषद्को सिफारिसमा उनले शुक्रवार ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

अधिवेसन खुलेको २/३ दिनमै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने छिन्। जेठ १५ मा आगामी बर्षको बजेट सार्वजनिक हुने छ।

त्यसअघि सांसदहरुले पूर्व बजेट छलफल गर्ने छन्। नीति तथा कार्यक्रममाथि पनि छलफल हुने छ। राष्ट्रपतिले वाचन गर्ने नीति तथा कार्यक्रम पारित हुनुअघि अर्थमन्त्रीले सदनमा उठेको प्रश्नको जबाफ दिने छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।