ताप्लेजुङका आगलागी पीडितलाई तत्काल राहत दिइयाेस‍् , शेरबहादुर देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारका आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

सभापति शेरबहादुर देउवाले  विज्ञप्ति निकालेर आगलागीका कारण घरबारविहीन भएका पीडित परिवारलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।

घटनाप्रति दुःख व्यक्त गर्दै उनले आगलागीका कारण आफ्नो आवासगृहसहित धनसम्पत्ति  गुमाएका परिवारजनमा सहानुभूति प्रकट गरेका छन् ।

उनले लेखेका छन्–‘सो आगलागीका कारण घरवारविहन हुन पुगेका पीडित परिवारहरुलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित प्रवन्ध गर्न कांग्रेस सरकारसँग माग गर्छ ।’ 

विज्ञप्तिमा शुक्रबार राति भएको आगलागीमा सात घर र केही पसल पूर्णरुपमा जलेर क्षति भएको र कांग्रेस जिल्ला कार्यालयको भवनमा समेत सामान्य क्षति पुगेको उल्लेख छ ।

प्रहरीका अनुसार सो आगलागीबाट सात करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक छ । आगलागीले आठ घर पूर्ण जलेका र अन्य केही घरमा आंशिक क्षति भएको छ ।

आठ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन् ।  अ‌ागलागी पीडितलाई राहत वितरण पनि थालिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।