ताप्लेजुङ आगलागीमा सात करोड रूपैयाँकाे क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ । सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट सात करोड रूपैयाँ भन्दा बढी धनको क्षति भएको पाइएको छ ।

शनिबार सङ्कलन गरिएको प्रारम्भिक विवरण अनुसार  सात करोड ६५ लाख ७२ हजार ७०० रूपैयाँ बराबरको क्षति भएको छ । 

सोमध्ये व्यक्तिगत  सात करोड ४३ लाख २५ हजार रूपैयाँ र संस्थागततर्फ  २२ लाख ४७ हजार ७०० रूपैयाँको क्षति भएको पाइएको हो । आगलागीले आठ घर जलेका थिए । अन्य केही घरमा आंशिक क्षति भएको थियो ।

आठ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन् । आगलागीले आठ संस्थागत कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । पोखरेलको संयोजकत्वमा चार सदस्यीय क्षतिको विवरण सङ्कलन गर्न समिति बनेको थियो । 

राति करिब १०ः३० बजेदेखि सुरु भएको आगलागी बिहान मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

आगलागी प्रभावित परिवारलाई आज रेडक्रस, फुङ्लिङ नगरपालिका र ताप्लेजुङ बहुद्देशीय सहकारी संस्थाले राहत वितरण गरेका छन् भने जिल्ला विपद् व्यवस्थापन समितिले भने आइतबार बैठक बसी क्षति विश्लेषण गरी राहत दिने तयारी गरेको छ । – रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।