कर तिर्ने समय एक महिना थपियो , हेर्नुहोस येस्तो छ नयाँ सुबिधा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले चैत र बैशाख महिनाको कर तिर्ने समय एक महिना थप गरेको छ । बैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले चैत र बैशाख महिनाको कर राजश्व तिर्ने म्याद एक महिना थपेर जेठ २५ गतेसम्म पुर्याएको हो ।

यसअघि २५ वैशाखसम्म कर तिर्न मिल्ने सरकारले बताएको थियो । तर, कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधि लम्बिएसँगै कर तिर्ने समय पनि बढाइएको हो ।

जसअनुसार गत फागुन र चैत महिनाको मासिक मूल्य अभिवृद्धि कर, माघ–फागुनको द्वैमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर दाखिल गर्ने म्याद जेठ २५ सम्म थप गरिनेछ। फागुन र चैत महिनाको अन्तःशुल्क दाखिल गर्ने म्याद पनि जेठ २५ सम्म थपिने निर्णय भएको छ।आयकर ऐनअनुसार फागुन र चैत महिनाको बुझाउनु पर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा रकम समेत २५ जेठसम्म बुझाउन सकिने भएको छ ।

आर्थिक ऐनअनुसार फागुन र चैत महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा दस्तुर बुझाउने म्याद समेत २५ जेठसम्मका लागि थपिएको छ ।

कर अधिकृतले गरेको कर निर्धारण उपर चित्त नबुझे कर पुनरावलोकनका लागि दिन सकिने म्याद समेत लकडाउन सकिएको १५ दिनसम्म थप हुने निर्णय सरकारले गरेको हो ।

यस्तो छ नयाँ सुविधा


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।