शंकराचार्य पीठ चताराधामका पिठाधिस कैलाशानन्द सरस्वती महाराजको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । शंकराचार्य पीठ चताराधामका पिठाधिस  स्वामी कैलाशानन्द सरस्वती महाराजको निधन भएको छ । 

पूर्वीय सनातन धर्मका अभियन्ता कैलाशानन्दले पछिल्लो समय चतराधाममा किरातेश्वर महादेवकाे सवैभन्दा अग्लाे मुर्ति बनाउदै हुनुहुन्थ्यो ।

अवाल बाल ब्रह्मचारी स्वामीकाे बिहिवार अन्त्येष्टि गरिएको छ । उहाँ ७३ वर्षको हुनुहुन्थ्यो । पार्थिव  शरीरलाई उहाँकै आश्रम परिसरको ईशान कोणमा स्थल समाधि गरिएको लक्ष्मीनारायण मन्दिर कन्चनवारी विराटनगरका अध्यक्ष तथा धार्मिक अभियन्ता कुमार खतिवडाले जानकारी दिनुभयो।

अन्त्येष्टिमा विराटनगर महानगरका मेयर भीम पराजुली, श्री जगतगुरु सिद्धबाबा अध्यात्मिक प्रतिस्ठान नेपालका प्रतीनिधि ,जगतगुरू वालसन्त देवाचार्य , र्श्री बैष्णव युवा परिषद् नेपालका अध्यक्ष महासचिव रामानुज नेपाल लगायत विभिन्न क्षेत्रका धार्मिक ब्याक्तित्वहरूकाे सहभागीता रहेको थियाे ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।