रिहा भए लगत्तै व्यवसायी सुलभ अग्रवाल पुन पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । व्यवसायी सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै पक्राउ गरेका छन् ।

अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश बज्रेस प्याकुर्‍यालको इजलासले व्यवसायी अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनी पुन: पक्राउ परेका हुन् । उनी माथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा अग्रवाललाई गत चैत २५ गते ६७ थान थर्मल गनसहित प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। उनको नीलो नम्बर प्लेटको गाडीबाट ६७ थान थर्मल गन बरामद भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।