उपत्यका भित्रिने सवारी विषाणुरहित गर्न नागढुंगामा डिस्इन्फेक्सन टनेल निर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपत्यका भित्रिने सवारी विषाणुरहित गर्न नागढुंगामा डिस्इन्फेक्सन टनेल निर्माण गरिएको छ ।

टनेलले साना तथा ठूला सवारी साधनलाई डिस्इन्फेक्ट गर्ने छ ।

सुन्दर यातायात, चन्द्रागिरि नगरपालिका र महानगरीय प्रहरी परिसरको सहकार्यमा सो टनेल निर्माण गरिएको हो । कोरोनाभाइरसको सन्त्रास कम नभएपछि सवारीसाधनलाई विषाणुरहित गर्ने कार्यलाई गति दिइएको सुन्दर यातायातले बताएको छ ।

टनेको उद्घाटन शुक्रवार बिहान चन्द्रागिरिका मेयर घनश्याम गिरिले गर्नेछन् । अस्पताल तथा अन्य केही कार्यालयमा मानिसहरुलाई डिस्इन्फेक्ट गर्न यस्ता टनेल बने पनि सवारी साधन नै वारपार हुने टनेल भने काठमाडौंमा यो पहिलो हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।