भारतमा १ हजार ७९ जना कोरोना संक्रमितको मृत्यु, संक्रमितको संख्या ३३ हजार ६२

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १७ सय ३८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार ६२ पुगेको हो ।

संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको छ। सोमबार थप ७१ जनाको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन्।

मंगलबार भारतमा १९ सय ९ जना नयाँ संक्रमित थपिएका थिए। अहिलेसम्म भारतमा ८ हजार ४ सय ३७ जना उपचारपछि निको भएका छन्।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।