विश्वभर कोरोना संक्रमितको संख्या ३२ लाख नाघ्यो, २ लाख २८ हजार बढीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्भर कोरोना भाइरस संक्रमितको संख्या ३२ लाख नाघेको छ ।  वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबारसम्म विश्वमा ३२ लाख १८ हजार १ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।  २ लाख २८ हजार बढीले ज्यान गुमाइसकेका छन्।

संक्रमितमध्ये १० लाख ३२ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्। हालः विश्वमा १९ लाख ९० हजार १ सय २५ जना कोरोना भाइरस संक्रमित उपचारत छन्।

उपचारतमध्ये ५९ हजार ८ सय १८ जनाको अवस्था गम्भीर रहेको छ भने १९ लाख ३० हजार ३ सय ७ जनाको अवस्था सामान्य रहेको छ। कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् ।

 जहाँ ६१ हजार ६ सय १८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ६३ हजार ३ सय ५१ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।