नेपालीको प्रतिव्यक्ति आय १ लाख २६ हजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय १० हजार ८५ अमेरिकी डलर पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ।

केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालु वर्षमा नेपालीको प्रतिव्यक्ति आय १० हजार ८५ अमेरिकी डलर (१ लाख २६ हजार १८ रुपैयाँ ) पुग्ने अनुमान गरेको हो।

जुन गतवर्ष रु. १ लाख १७ हजार २६८ थियो । कोरोनाभाइरसले सिर्जना गरेको परिस्थितिका कारण अर्थतन्त्रमा ठूलो धक्का पुगेको विभागको तथ्यांकले देखाएको छ ।

बन्दाबन्दीका कारण सबैभन्दा धेरै होटल तथा रेस्टुँरा, यातायातजस्ता क्षेत्रमा गहिरो असर परेको यसको कारण नै आर्थिक वृद्धिदर कम हुने भएपछि यो वर्ष नेपालीको प्रतिव्यक्ति औसत आयको विस्तार पनि थोरै मात्र हुनेछ ।

यो वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ८५ डलर पुगेको छ, जुन गत आर्थिक वर्षमा १ हजार ३४ डलर थियो।

विभागका अनुसार, चालु मूल्यअनुसार कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब पुगेको छ, जुन गत वर्ष ३६ अर्ब ६४ करोड थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।