डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाले गत वर्ष खोलेको डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा मे ५ मा आउने भएको छ ।

कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहँदा संक्रमण न्यूनिकरणका लागि लड्नुपरेकाले तत्काललाई इडीभीको नतिजा स्थगित गरिएको जनाइएको छ ।

सन् २०२१ का लागि गत अक्टोबरमा भरिएको इडीभी यसअघि मे ५ मा सार्वजनिक हुने कार्यतालिका रहेको थियो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार इडीभी लोटरीको नतिजा अब जुन ६ मा मात्र सार्वजनिक गरिने छ । सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म इडीभीको आवेदन खुलेको थियो ।

इडीभी लोटरीको नतिजा आउनमा ढिलो भएपनि इडीभी परेकाहरुको अन्तरवार्ता भने अक्टोबर १ देखि नै सुरु हुने बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।