काठमाडौं । सतारुढ पार्टी नेकपाभित्र नेताहरुबीच देखिएको पछिल्लो राजनैतिक परिस्थितिबारे छलफल गर्न बुधबार औपचारिक बैठक बस्दै छ ।
त्यसका लागि नेकपाले साँझ ५ बजे सचिवालय बैठक बोलाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा वर्तमान समस्या समाधान लगायत विषयमा केन्द्रित हुने नेकपा सचिवालयका एक सदस्यले जानकारी दिएका छन ।
सरकारले संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी विधेयक जारी गरेपछि नेकपाका केही नेता असन्तुष्ट थिए । त्यसपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबैका कुरा सुन्ने र मिलाएर जाने भन्दै ती विधेयक फिर्ता लिएका थिए ।
तरपनि पार्टीभित्र छलफल नगरेकाे भन्दै केही नेताहरुले बैठक बाेलाउन माग गरेका थिए । अध्यादेशलाई अाधार बनाउँदै पूर्व माओवादी पक्षधरका केही नेताले त सरकारविरुद्ध हस्ताक्षर अभियानै नै चलाएका छन् ।
अध्यादेश फिर्ता भएपछि नै नेकपाका २० जना स्थायी कमिटी सदस्यले पार्टी अध्यक्षद्वयलाई पत्र लेखी तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए । साेही अनुसार बैठक बस्न लागेकाे बताइएकाे छ ।
Comment