भारतमा पछिल्लो २४ घन्टामा १८ सय ७३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३१ हजार ३२४ भन्दा बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको छ।

त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ हजार ३२४ पुगेको छ। पछिल्लो २४ घन्टामा १८ सय ७३ जना संक्रमित थपिएका थिए।

मंगलबार थप ६९ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

भारतमा सबैभन्दा बढी संक्रमित महराष्ट्रमा रहेका छन्। त्यस्तै नेपालको छिमेकी देश चीनमा मृत्यु शुन्यमा झरेको छ। चीनमा ६ जनामा संक्रमण देखिएको छ।

त्यहाँ हालसम्म ८२ हजार ८ सय ३६ जनामा संक्रमण देखिएकोमा ७७ हजार पाँच सय ५५ जना निको भइसकेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।