विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघ्यो , मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९६८

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ ।

बुधबार बिहानसम्म ३१ लाख ३८ हजार ९७ जना संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९६८ पुगेको छ।

९ लाख ५३ हजार ३ सय २१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५९ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ३५ हजार ७ सय ६५ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ हजार ३६५ जनाको मृत्यु भएको छ भने ७६ हजार ५६२ जना संक्रमित थपिएका छन्।

मंगलबार सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ एकैदिन २ हजार ४७० जनाको मृत्यु भएको छ भने २५ हजार ४०९ जना संक्रमित थपिएका छन्।

त्यस्तै स्पेनमा ३०१ जनाको मृत्यु भएको छ भने २७ सय ६ जना संक्रमित थपिएका छन्। इटालीमा भने ३८२ जनाको मृत्यु भएको छ भने २ हजार ९१ जना संक्रमित थपिएका छन्।

त्यस्तै फ्रान्समा ३६७ जनाको मृत्यु भएको छ भने २६ सय ३८ जना संक्रमित थपिएका छन्। बेलायतमा भने ५८६ जनाको मृत्यु भएको छ भने करिब ४ हजार संक्रमित थपिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।