काठमाडौ‌ंमा खानबस्न समस्या छ ? यदि छ भने महानगरसँग सम्पर्क गर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌ं । लकडाउनकाे समयमा काठमाडाैं महानगरपालिकाले ७३ हजार ८६० जनालाई  राहत उपलब्ध गराएको छ ।

त्यसैगरी विभिन्न दाताले उपलब्ध गराएको राहत पनि महानगरले वितरण गरेकाे छ । त्यसरी दाताले दिएकाे राहत २५ हजार २९६ जनालाई वितरण गरिएको छ । महानगरकाे ३२ वटै वडामा ४८ हजार ५६४ जनालाई राहत दिइएको हो ।

महानगरले राहत दिनुपर्ने गरी ८५ हजार २५४ जनाको नामावली सङकलन गरेको थियो ।

महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार लकडाउनका कारण समस्यामा परेका ४९ हजार ३१४ जनालाई खाना खुवाइएको छ ।

खान बस्नको समस्या भए सम्पर्क गर्न महानगरले अपिल गरेकाे छ ।

त्यसैगरी महानगरले नगर क्षेत्रमा एक हजार १९ जनाको द्रूत परीक्षण (आरडीटी) परीक्षण गरेको छ ।  प्रशासन प्रमुख ढकालकाअनुसार यो विवरण सोमबार सम्मको हो ।- रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।