भारतमा एकै दिन थपिए १५ सय ६१ नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या २७ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २७ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १५ सय ६१ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २७ हजार ४५१ पुगेको हो ।

संक्रमणबाट मृत्यु हुनेको संख्या ९३९ पुगेको छ। सोमबार थप ५८ जनाको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन्।

भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेको छ। त्यहाँ हालसम्म साढे ८ हजार बढी संक्रमित रहेका छन् भने करिब ३४२ जनाको मृत्यु भएको छ।

त्यसपछि गुजरात, दिल्ली, राजस्थान, मध्य प्रदेश, तमिलनाडु र उत्तर प्रदेशमा बढी संक्रमित रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।