आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ११ जनालाई नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केहिदिन देखि खुकुलो भएको उपत्यकाभित्रको लक डाउनमा थप कडाइ गरिएको छ ।

गृह मन्त्रालयले सोमवार सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै लकडाउन थप कडाइ गर्न निर्देशन दिएसँगै लक डाउनमा थप कडाइ भएको हो ।

केही दिनदेखि गाउँ फर्किनेको भिडले लकडाउन खुकुलो हो कि भन्ने अनुभूति गरिरहेका आम मानिसलाई मंगलवार भने प्रभाव परेको छ । प्रहरीले सडका हिँडेका र गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

गृहले लकडाउनको समयमा प्रशासनबाट अनुमति लिएर सवारीलाई गुड्न निर्देशन दिएको छ।

आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ११ जनालाई नियन्त्रणमा लिएको छ। २ सय ८० जना महिला र ८ सय ३१ जना पुरुषलाई नियन्त्रणमा लिएको हो।

सबैभन्दा धेरै काठमाडौंबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।