आज शंकराचार्यजयन्तीः काे हुनुहुन्छ त शंकराचार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरूर्देवो महेश्वर। 

गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्रीगुरुवे नमः।। 

 काे हुनुहुन्छ त शंकराचार्य ?

आद्यजगतगुरु भगवान श्री शंकराचार्य भारतवर्ष काे एक महान दार्शनिक एवं धर्मप्रवर्तक हुनुहुन्थ्यो ।

उहाँले नै अद्वैत वेदान्तलाई ठोस आधार दिनुभएकाे थियो ।

उहाँले सनातन धर्मका विविध विचारधारालाई एकीकरण गर्नुभयाे । उपनिषद र वेदांतसूत्रकाे उहाँले लेखेकाे टीका धेरै प्रसिद्ध छ।

उहाँले भारतकाे चार कुनामा चार मठकाे स्थापना गर्नुभएकाे थियो । जुन वर्तमान समयमा पनि सनातन धर्मावलम्बिका लागि अत्याधिक पवित्र एवं प्रसिद्ध छन् । यि चार मठमा बस्ने संन्यासीहरुलाई ‘शंकराचार्य’ भन्ने गरिएको छ। 

 ती चार स्थान यी हुन् । 

  1.   श्री ज्योतिष्पीठ , बदरिकाश्रम , जोशीमठ , उत्तराखंड 
  2.  श्री श्रृंगेरी पीठ , दक्षिण भारत
  3.  श्री द्वारिका , शारदा पीठ , गुजरात 
  4.  श्री जगन्नाथ पुरी , गोवर्धन पीठ , उड़ीसा

उहाँले धेरै विधर्मिलाई पनि आफ्नाे धर्मकाे महादीक्षा दिनुभएकाे थियाे। आद्य जगद्गुरु भगवान श्री शंकराचार्यलाइ आदिनाथ भगवान शिवकाे अवतारकाे रुपमा पनि मान्ने गरिएकाे छ । उहाँले ब्रह्मसूत्रों काे गहन र रोचक व्याख्या गर्नुभएकाे छ।

उहाँकाे विचार उपदेश आत्मा र परमात्मा काे एकरूपता माआधारित छ ।जसका अनुसार परमात्मा एकै समयमा सगुण र निर्गुण दुवै स्वरूपमा रहनुहुन्छ । उहाँले ईश, केन, कठ, प्रश्न, मुण्डक, मांडूक्य, ऐतरेय, तैत्तिरीय, बृहदारण्यक र छान्दोग्योपनिषद्हरुकाे भास्य लेख्नुभएकाे छ।

वेदमा लेखेकाे ज्ञानलाई एकमात्र ईश्वर सम्बन्धि सम्झिएर त्यसकाे प्रचारप्रसार तथा वार्ता पूरै भारतवर्षमा गर्नुभयाे। त्यस समय वेदलाई नबुझेर उत्पन्न भएका चार्वाक, जैन र बौद्ध मतलाई शास्त्रार्थद्वारा खण्डित गरेर भारतकाे चार कुनामा ज्योतिर्मठ , गोवर्धन मठ , श्रृंगेरी मठ एवं द्वारिका मठ चार मठकाे स्थापना गर्नुभएकाे थियाे । 

कलियुगकाे प्रथम चरणमा विलुप्त तथा विकृत वैदिक ज्ञानविज्ञान लाई उद्भासित र विशुद्ध गरि वैदिक वाङ्मय लाई दार्शनिक, व्यावहारिक, वैज्ञानिक धरातलमासमृद्ध बनाउनेवाला एवं राजर्षि सुधन्वालाई सार्वभौम सम्राट ख्याति प्रापत गराउने चतुराम्नाय-चतुष्पीठ संस्थापक नित्य तथा नैमित्तिक युग्मावतार श्रीशिवस्वरुप भगवत्पाद शंकराचार्यकी अमोघदृष्टि तथा अद्भुत कृति सर्वथा स्तुतियाेग्य छ। 

आद्यजगद्गुरु भगवान श्री शंकराचार्यद्वारा सनातन धर्म काे पुनः स्थापनामा अतुल्य योगदान का लागि सनातन धर्मावलंबि सदैव ॠणी रहनेछन् ।

याे सामाग्री ज्याेतिष विष्णु खनालले सङ्कलन गर्नुभएकाे हाे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।