प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । 

प्रदेश सरकारका अनुसार  द्रूत परीक्षण (आरडीटी) बाट कूल चार हजार ८२८ र  ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पीसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ ।

प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा छन् । 

प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा २८ करोड ८२ लाख ९७ हजार ५४ रुपैयाँ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।–रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।