भाटभटेनी सुपरमार्केटलाई तीन लाख जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले भाटभटेनी सुपरमार्केट टंगाललाई उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा धेरै लिएको भन्दै तीन लाख रुपैयाँ जरिवाना गरेको छ । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीलले तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको पाइएपछि भाटभटेनीलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन २०७५को १६(२) (क)बमोजिम काम गरेकोले३८ (ङ) को कसुरमा ३९ (१) (ख) वमोजिम रु  ३ लाख जरिवाना गरिएको बताएको छ ।

विभागले लकडाउनका बेला व्यापारीहरुले बढी मूल्य लिने भन्दै अनुगमन तीब्र पारेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।