बाबुरामले रेडियाे नेपालबाट ओलीको आलोचना गरेपछि‍‍ ……

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराईले सोमबार बिहान सरकारी सञ्चारमाध्यम रेडियो नेपाललाई दिएको अन्तरवार्ताले सो सञ्चारगृहमा हंगामा भएको छ ।

सोमबार बिहान साढे ६ बजे अन्तरसंवाद कार्यक्रममा डा. भट्टराईलाई अतिथिको रुपमा निम्त्याइएको थियो । तर, सो अन्तर्वार्तामा भट्टराईले प्रधानमन्त्री केपी शर्माको आलोचना गरेपछि रेडियो नेपालमा हंगामा भएको हो । 

उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दु:खी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

अब उप्रान्त रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहने कार्यकारी निर्देशक सुरेश कुमार कार्कीको हस्ताक्षति विज्ञप्तिमा प्रतिबद्धता व्यक्त गरिएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।