पूर्वसचिव उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । 

अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

पूर्वसचिव भीम उपाध्यायलाई गत बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ३ दिन हिरासतमा राख्‍न अनुमति दिएपछि उनी प्रहरी हिरासतमा थिए ।

उपाध्यायको पक्राउपछि सामाजिक सञ्जालमा सरकारको तीव्र आलोचना भइरहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।