कोरोना नियन्त्रण कोषमा जुट्यो दुई अर्ब १३ करोड जम्मा, खर्च शून्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब १३ जम्मा भएको छ। संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा आइतबार साँझसम्म सो रकम जम्मा भएको हो ।

राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो । 

यो कोषमा करोडौं रुपैयाँ जम्मा भएपनि हालसम्म कोषको रकमबाट एक रुपैयाँ पनि खर्च भएको छैन । सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणका सहयोग पुर्याउन कोष स्थापना गरेको हो । कोषमा संकलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ ।

अहिलेसम्म सबैभन्दा धेरै सरकारी स्वामित्वको नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ भने दोस्रो धरै निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलले १० करोड रुपैयाँ सहयोग गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।