लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृह मन्त्रालयले लकडाउनमा थप कडाइ गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अत्यावश्वय सेवा बाहेकका सवारी साधन सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रुपमा रोक लगाउन सोमबार परिपत्र गरेको हो ।

स्रोतका अनुसार पासको दुरुपयोग गरेर मानिसको भीडभाड बढेको भन्दै मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न रोक लगाउन निर्देशन दिएको हो ।

केहिदिन यता नगरपालिका तथा गाउँपालिका र जनप्रतिनिधिहरुको पहलमा उपत्यकासहित विभिन्न जिल्लामा अलपत्र परेका आफ्नो पालिका मातहतका यात्रुलाई घर पठाउने व्यवस्था गरिँदै आएको थियो ।

सवारीसाधनमा हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्ताउन सक्ने भएकोले कडाइ गरिएको मन्त्रालयको भनाइ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।