काठमाडौं । सरकारले ईपीएस अन्तर्गत दक्षिण कोरिया जाने नेपाली श्रमिकलाई दुई देशको सहमतिमा लैजाने अनुमति दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरिया जाने तयारीमा रहेका नेपाली श्रमिकलाई त्यहाँको सरकारले अनुमति दिए जान दिइने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
उनले भने– ‘ईपीएस अन्तरर्गत कोरिया जाने श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय गरिएको छ ।’
कोरोना जोखिम कायमै रहेकाले अन्तर्राष्ट्रिय सीमा नाका वैशाख ३१ सम्म नै बन्द राख्ने निर्णय यथावत राखिएको पनि मन्त्री खतिवडाले बताए ।
सरकारले लकडाउन थप १० दिन बढाएर बैशाख २५ सम्म लम्ब्याएको छ ।
Comment