लकडाउन २५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

आइतबार साझ मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

शनिबार बसेको उच्चस्तरीय समितिले लकडाउनको अवधि एक साता बढाउन मन्त्रिपरिषद्‌मा सिफारिस गरिसकेको थियो ।

समितिले पठाएको लकडाउनको मोडालिटीबारे पनि मन्त्रिपरिषद्ले छलफल गरी एकसाता बढाउने निर्णय गरेको हो । पछिल्लो पटक सरकारले थप गरेको लकडाउनको समय सोमवार रातिबाट सकिँदैछ।

सरकारले चैत ११ गते पहिलोपटक सात दिन लकडाउन घोषणा गरेको थियो। पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरिएको थियो ।

चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गरेर चैत २५ गतेसम्म कायम राखेको थियो ।

चैत २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठदिन थपेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याइएको थियो । पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म लकडाउन बढाइएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।