औषधि खरिद अनियमिततामा लेखाले थाल्यो छानविन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसविरुद्ध प्रयोग गर्न सरकारले प्रतिस्पर्धाबिनै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद सम्झौतामा संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ ।

सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री गुणस्तरहीन देखिएपछि समितिले   स्वास्थ्य सामग्रीको सम्पूर्ण कागजपत्र सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

 स्वास्थ्य मन्त्रालयले उक्त खरिद प्रक्रिया भने  रद्द गरिसकेको छ। खरिद प्रक्रिया रद्द भए पनि अनियमितता भएको भन्दै चौतर्फी रुपमा छानविनको माग भइरहेपछि लेखा समितिले आइतबार स्वास्थ्य मन्त्रालयसँग खरिद प्रक्रियाबारेका कागजात माग गरेको जनाएको छ । 

कमिसनको खेलमा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले बजार भाउभन्दा कैयौं गुणा महँगोमा सामान किन्ने सम्झौता गरेका थिए । धेरै महँगोमा ल्याइएको औषधि सामग्री पनि गुणस्तरहीन पाइएपछि ती सामग्री प्रयोग गरिएको छैन भने ओम्नीसँगको सम्झौता सरकारले रद्द गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।