आरडीटी परीक्षण पोजेटिभ देखिएकी एकजना महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वीरगञ्जमा आरडीटी परीक्षण पोजेटिभ देखिएकी एकजना महिलाको मृत्यु भएको छ ।

उपचारको क्रममा शनिवार राति मृत्यु भएकी वीरगञ्ज महानगरपालिका–१० अशोक बाटिका कि महिलाको आरडीटी पोजेटिभ देखिएको हो ।

उनमा कोरोना संक्रमणको आशंका गरी स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको छ । उनको शव भने नारायणी उपक्षेत्रीय अस्पतालमा नै राखिएको छ ।

ति महिला लामो समयदेखि क्यान्सरबाट पीडित रहेको बताइएको छ ।

महिलाको मृत्यु भएपछि वीरगञ्ज महानगरपालिका–१० अशोक बाटिका क्षेत्रलाई अहिले सिल गरिएको छ । साथै सो क्षेत्रमा मानिसको आवतजावतमा समेत प्रतिबन्ध लगाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।