क्वारेन्टिनमा बसेका व्यक्तिमा औलोको संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्वारेन्टिनमा रहेका केही व्यक्तिहरुमा औलो पोजेटिभ देखिएको छ ।

क्वारेन्टिनमा रहेकाहरुको परीक्षण गर्दा केहीको रिपोर्टमा औलोको पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् ।

गर्मीयाममा यसको प्रकोप देखिने गरेकाले क्वारेन्टिनस्थल व्यवस्थित बनाउन उनले सबैलाई आग्रहसमेत गरे ।

अहिलेको अवस्थामा गर्भवती महिला र बच्चाहरुलाई लामखुट्टेको टोकाइबाट जोगाउन र व्यक्तिगत तथा वातावरणीय स्वास्थ्यमा ध्यान दिन आग्रह गरे । औलो लामखुट्टाको टोकाइबाट हुन्छ ।

विश्वमा औलोका कारण प्रत्येक दुई मिनेटमा एक जना बच्चाको ज्यान जान्छ ।

औलो अर्थात् मलेरियो लामखुट्टको टोकाइका कारण लाग्ने रोग हो। मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।