लकडाउन के कती दिन थप्ने भन्ने विषयमा छलफल गर्न, उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं। आज कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड १९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय l सिहदरबारमा बिहान ११ बजेको लागि बैठक बोलाइएको छ। 

बैठकले कोरोना भाइरसको संक्रमण र एक महिनादेखि जारी रहेको लकडाउनको विषयमा छलफल हुने छ।

समितिको सिफारीसमा नै पछिल्लो पटक वैशाख १५ गतेसम्मका लागि लकडाउन थपिएको थियो। 

पछिल्लो पटक थपिएको लकडाउनको समय सोमवार राति १२ बजेबाट सकिँदैछ। अब लकडाउन कसरी थप्ने र कहिलेसम्म पुर्‍याउने भन्ने विषयमा छलफल हुने छ। सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।